काठमाडौँ- इजरायल पुगेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) स्वदेश फर्किएकी छन्।
व्यावसायिक फुटबल खेल्न इजरायल पुगेकी साम्बा बुधबार राति इजरायलबाट नेपाल फर्किएकी हुन् ।
अहिले हमासको आक्रमणका कारण इजरायलमा घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गरिएको छ। त्यसैले सावित्रा घर फर्किएकी हुन्।
चीनको हाङझाउमा भएको एसियाली खेलकुद (एसियाड) मा भाग लिएर स्वदेश फर्केलगत्तै साम्बा इजरायल गएकी थिइन्।


