काठमाडौं- यू–१९ एसीसी प्रिमियर कपमा इरानमाथि नेपालले सानदार जितको सुरुवात गरेको छ । नेपालले इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
वाईएसडी (यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो ।
नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५ छक्का र १ चौका प्रहार गरे । उनी आकाश चन्दको बलमा लङ अनका फिल्डर मिलन बोहोराको हातबाट क्याच आउट भए ।


