काठमाडौँ- नेपालीहरूको उद्धारका लागि गएको नेपाल एयरलाइन्सको जहाज इजरायलको राजधानी तेलअबिब पुगेको छ।
विमानस्थलमा नेपाल एयरलाइन्स अवतरण भएपछि नेपालीहरूको बोर्डिङ पनि सुरु भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
स्थानीय समयअनुसार बिहान ११:१० बजे नेपाल एयरलाइन्स तेलअबिबमा अवतरण भएको हो।
विमान दुई घण्टा विमानस्थलमा होल्ड हुनेछ। दिउँसो १:१० बजे उडान नेपालीहरूलाई लिएर विमान नेपालका लागि प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
एयरलाइन्सले २५० जना नेपाली नागरिक लिएर नेपाल फर्किने तयारीमा छ।
विमानले राती सवा ९ बजे काठमाडौं अवतरण गर्ने बताइएको छ।
नेपालीहरू लिनका लागि सोही जहाजमा परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल पुगेका छन्। उनलाई भेट्न इजरायली विदेश मन्त्रालयका प्रतिनिधि विमानस्थल पुगेका छन्।
यस्तै इजरायलका लागि नेपाली राजदूत कान्ता रिजाल पनि पुगेको परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।





भिडियो


