२०८३ साउन १३ गते बुधबार

काठमाडौँ महानगरले छात्रवृत्तिमा सिफारिस गरेका विद्यार्थीसँग स्कुलले मागे शुल्क

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २५
Scholorship-Anugaman-Team

काठमाडौँ– चालु शैक्षिक सत्रको कक्षा ११ मा छात्रवृत्ति कोटाबाट भर्ना भएका विद्यार्थीसँग विद्यालयहरुले शुल्क मागेका छन्। विभिन्न माध्यमबाट १० वटा विद्यालयले शुल्क लिएको उजुरी महानगरमा दर्ता भएका छन्।

विद्यालयहरूले शुल्क मागेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले छानबिन तथा अनुगमन थालेको जानकारी दिएको छ। शिक्षा विभागबाट शिक्षा अधिकृत नेत्रनारायण पौडेल, प्रमुखको सचिवालयबाट सस्मित पोखरेल र सहरी योजना आयोगबाट सहायक विज्ञ शैलेन्द्र झा रहेको टोलीले मंगलबारबाट छानबिन र अनुगमनको काम थालेको छ।

सोमबार, मंगलबार र बुधबार ३ दिनमा टोलीले गोल्डेन गेट, ग्लोबल, सिफल सेकेण्डरी स्कूल (डियरवक), काठमाडौँ मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सीसीआरसी गरी ६ वटा विद्यालयको अनुगमन गरेको थियो। यीमध्ये एभरेष्ट फ्लोरिडाबाहेक अरु विद्यालयले कुनै न कुनै रुपमा शुल्क माग गरेको देखिएको अधिकृत पौडेलले जानकारी दिए।

महानगर मेयरको सचिवालय सदस्य पोखरेलका अनुसार सिफल स्कूलले मासिक ९ हजार ५ सय रुपैयाँसम्म माग गरेको छ। उक्त विद्यालयले पुस्तकालय, प्रयोगशाला, अतिरिक्त कक्षा, अतिरिक्त क्रियाकलाप, दर्ता जस्ता शीर्षकमा शुल्क मागेको देखिन्छ।

अनुगमनपछि विद्यालयहरुले छात्रवृत्ति कोटामा भर्ना भएका विद्यार्थीहरुसँग कुनै पनि शीर्षकमा शुल्क नउठाउने बताएका छन्।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा को कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १०% मा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा छात्रवृत्ति उपलब्ध गराउनुपर्ने ब्यवस्था छ।

यही व्यवस्थाअनुसार महानगरपालिकाले कक्षा ११ मा भर्ना भएर छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका बिच परीक्षा लिएर म्याचिङ् लिष्टबाट नाम सिफारिस गरेको हो। यसरी शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११/१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन।

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अनलाइन प्रणालीबाट आवेदन माग गरेको थियो। यसबाट ३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदन दिएका थिए।

साउन २० गते लिइएको प्रवेश परीक्षामा आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी सहभागी थिए।

परीक्षाको प्रारम्भिक नतिजा प्रकाशन गरेर चित्त नबुझ्ने विद्यार्थीलाई पुनर्योगका लागि २ दिन समय दिइएको थियो। त्यसपछि साउन २९ गते २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको थियो। त्यसपछि कोटाका आधारमा म्याचिङ् लिष्ट सार्वजनिक गरिएको थियो।

छात्रवृत्ति कोटामा शिफारिस भएका विद्यार्थीहरुसँग शुल्क उठाउने विद्यालयहरुलाई कारवाही गर्ने महानगरपालिकाको तयारी छ।

छात्रवृत्ति र शुल्कसम्बन्धी कुनै पनि गुनासो छानबिन तथा अनुगमन टोलीका अधिकारीहरू (नेत्रनारायण पौडेल, फोन नं. ९८५११९९९४५, सस्मित पोखरेल, फोन नं. ९८४००७१५५५ र शैलेन्द्र झा फोन नं. ९८५११४६८९६)लाई फोन गर्न सकिने छ।

प्रकाशित: २०८० असोज २५ गते बिहिबार ०५:२०
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना