काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश सरकार गठनमा तटस्थ बस्ने भएको छ।
शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले कोशी सरकारबारे कुनै ठोस निर्णय नलिएको हो।
‘अहिलेलाई हामी तटस्थ बस्छौं, विश्वासको मत लिने बेलामा के गर्ने भन्नेबारे छलफल हुन्छ,’ प्रवक्ता मोहन श्रेष्ठले भने।
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तिको माग गर्दै कांग्रेसका नेता केदार कार्कीले ४७ जना सांसदको हस्ताक्षर बुझाएका छन्।
सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका संसदीय दल नेता इन्द्रबहादुर आङ्बोलाई अघि सारेको छ। सत्तारुढ गठबन्धनका संसदीय दलका नेताहरूको हस्ताक्षरसहित उनले आफ्नो दाबी पेश गरेका छन्।
आङ्बोलाई सहयोग गर्न नसकिने भन्दै शेखर कोइराला पक्षका ८ जना सांसदहरूले कार्कीलाई अघि सारेका छन्। कार्कीलाई नेकपा एमालेका ३९ जना सांसदको साथ छ।
कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको नेतृत्वमा दाबी गर्न असोज २६ गते शुक्रबारसम्मको समय दिइएको छ।


