काठमाडौं- ओरियण्टल होटलको २६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा कम्पनीका अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।
कम्पनीको आर्थिक वर्ष २०७९।०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदनसहितकाृ २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९।०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तिय विवरणसँग सम्वन्धित टिप्पणीहरु पारित भएको छ ।
आर्थिक वर्ष २०७९।०८० मा यस होटलको कुल आम्दानी १ अर्ब २१ करोड १० लाख करोड रहेको र कुल सञ्चालन खर्च ७९ करोड ४८ लाख भइ जम्मा ४१ करोड ६३ लाख सञ्चालन नाफा गरेको छ ।
सम्पूर्ण खर्च कट्टा गरी खुद नाफा १६ करोड भएको कम्पनीले जनाएको छ । अघिल्लो वर्ष २०७८/०७९मा नोक्सान २ करोड ४६ लाख भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा नाफा बढ्नुले पर्यटकको आगमनमा सुधार हुदै गएको कम्पनीले जनाएको छ ।
साधारण सभाले यस आर्थिक वर्षमा ५.२७ प्रशित(करसमेत) गरी नगद लाभांश दिने निर्णय समेत गरेको छ ।


