२०८३ कार्तिक १२ गते बुधबार

‘विद्रोह’को बाटोबाट मुख्यमन्त्री बनेका केदार कार्की

 |  खिलानाथ ढकाल
Sanket

खिलानाथ ढकाल

काठमाडौँ, असोज २७
Kedar Karki

काठमाडौं – कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता केदार कार्की नियुक्त भएका छन्।

कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन्।

कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गर्न असोज २६ गते शुक्रबारसम्मको समय दिइएको थियो।

नेकपा एमालेका ३९ र कांग्रेसका ८ जना सांसदको समर्थनमा बहुमत (४७) सांसद पुगेपछि खापुङले कार्कीलाई नियुक्त गरेका हुन्।

शेखर कोइराला समूहका नेता कार्कीलाई नियुक्त गर्न एमाले र उनी पक्षधर सांसदले खापुङसमक्ष बिहीबार हस्ताक्षरसहित निवेदन दिएका थिए।

कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको सत्तारुढ गठबन्धनले केन्द्रका कोशी प्रदेश संसदीय दल नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री अघि सार्ने निर्णय गरेको थियो।

तर, आङ्बोलाई समर्थन नगर्ने अडानसहित कोइराला पक्षका सांसदहरूहरूले एमालेसँग मिलेर आवश्यक बहुमत संख्या पुर्‍याउँदै निवेदन दिएका थिए।

उपधारा ५ अन्तर्गत बन्ने सरकारमा जुनसुकै सांसद मुख्यमन्त्री बन्ने व्यवस्था छ। त्यस्तोमा पार्टीको ह्वीप र कारबाही पनि नलाग्ने भएकाले सांसदहरूले स्वतन्त्र निर्णय लिन सक्छन्।

संविधानको त्यही व्यवस्था अन्तर्गत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। उनी मुख्यमन्त्री बनेसँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनमा पहिरो गएको छ।

आङ्बो र कार्की दुबैलाई खापुङले शनिबार सांसद सनाखतका लागि बोलाएका थिए। कार्की पक्ष बिहानै सनाखतका लागि पुगेको थियो। तर, आवश्यक बहुमत नपुग्ने भएपछि आङ्बो पक्ष सनाखतमा गएन।

उनलाई समर्थन गरेको दल नेकपा एमाले कोशी प्रदेश सरकारमा सामेल हुनेछ।

कार्की यसअघिका मुख्यमन्त्री हिक्मतबहादुर कार्की नेतृत्वमा बनेको सरकारमा आन्तरिक मामिला तथा कानुमन्त्री भइसकेका व्यक्ति हुन्। कांग्रेसको युवा नेतृत्व पंक्तिमा कार्की लोकप्रिय नेता हुन्।

विद्रोही स्वभावका केदार, विद्रोह गरेरै बने मुख्यमन्त्री

संविधानमा भएको व्यवस्था अनुसार आफ्नै पार्टीभित्र विद्रोह गरेर कोशी प्रदेशको छैटौं मुख्यमन्त्रीमा नियुक्त केदार कार्कीको जन्म २०३० पुस ७ गते भएको हो।

उनी आमा ईश्वरी र पिता प्रेमबहादुरका कान्छा छोरा हुन्। उनी सुनसरी जिल्लामा जन्मेका थिए।

उनी सानैदेखि विद्रोही तर उपकारी र सहयोगी स्वभावका थिए। कार्की विद्यालय शिक्षा लिँदैखेरी राजनीतिमा होमिएका थिए।

उनी आफू पढेको विद्यालय जनता उच्च माध्यमिक विद्यालय मधेसा इनरुवामा २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको इकाई सभापति भएका थिए।

त्यतिबेला पञ्चायती व्यवस्थाको जगजगी थियो। उनी प्रजातन्त्रमा पुन:स्थापित गर्ने नेपाली कांग्रेसको एजेन्डामा समाहित हुँदै ‘विद्रोह’मा निस्केका थिए।

उनका बुवा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा समाहित थिए। त्यसबेला तत्कालीन पञ्चायतले प्रजातन्त्र पुन:स्थापनाको आन्दोलनमा होमिकाहरूलाई खोजी खोजी पक्राउ गर्थ्यो।

नेविसंघमार्फत् पञ्चायतको विरोध गर्दा उनलाई आमाबुवाले लुकाएर जोगाउँथे।

२०४६ सालको पहिलो जनआन्दोलनपछि बहुदल आयो। ‘भूमिगत’ राजनीतिमा सक्रिय कार्की खुला राजनीतिमा आए।

त्यसबेला विद्यालयस्तरको शिक्षा सकिएको थियो। उनी उच्च शिक्षाका निम्ति विराटनगरको महेन्द्र मोरङ क्याम्पस आए।

उनी उक्त क्याम्पसमा नेविसंघको राजनीतिमा सक्रिय भए। २०५२ सालमा त नेविसंघकै क्याम्पस इकाई सभापति भए। यसपछि उनी नेविसंघकै क्षेत्रीय सभापति हुँदै २०५९ सालमा जिल्ला सभापति र २०६३ सालमा नेविसंघको केन्द्रीय सदस्य बने।

यसबेलासम्म उनले आफ्नो स्थायी बसोबास बुढीगंगा गाउँपालिका-२ मा बनाइसकेका थिए।

उनी अहिले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पनि छन्। २०७०-७१ ताका उनी नेविसंघको केन्द्रीय सभापति लड्ने अभियानमा लागे पनि बन्न सकेनन्।

२०७४ सालमा संविधान जारी भएपछि मुलुक संघीय व्यवस्था गयो। उनले तत्कालीन प्रदेश प्रदेश सभा-१ सदस्यबाट संसदीय यात्रा प्रारम्भ गरे।

उनी त्यसबेला प्रदेश सभामा संसदीय दलको प्रमुख सचेतकको भूमिकामा सशक्त देखिन्थे।

कार्कीले २०७८ भदौदेखि २०७९ पुससम्म आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा काम गरे।

२०८० सालमा भएको दोस्रो प्रदेश सभा निर्वाचनमा उनी पुन: मोरङ क्षेत्र नम्बर ६ (ख) बाट चुनिए।

मन्त्री भएर काम गर्दा आफ्नो मन्त्रालयलाई बेरुजुमुक्त बनाउनेदेखि संघीयतालाई संस्थागत गर्ने काममा सफल नेताका उनी रूपमा चिनिन्छन्।

उनी पहिलो प्रदेश सभामा सबैभन्दा धेरै विशेष समयमा बोल्ने नेताका रूपमा प्रदेश सभामा सक्रिय सांसदका रूपमा सूचीकृत भएका सांसद हुन्।

राजनीतिका साथसाथ नेता कार्की सामाजिक र शैक्षिक गतिविधिमा पनि संलग्न छन्। उनी पूर्वाञ्चल विश्वविद्यालयमा पूर्वसिनेट सदस्य हुन्।

स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका कार्कीका पत्नीसहित दुई छोरा छन्।

प्रकाशित: २०८० असोज २७ गते शनिवार १०:४१
Sanket

खिलानाथ ढकाल

ढकाल सुशासन र अपराध क्षेत्रमा कलम चलाउँछन्।
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना