२०८३ कार्तिक १४ गते शुक्रबार

एसियाली खेलकुद : हारेर फर्कनु नेपालको सदाबहार नियति

 |  कौडिन्य
Sanket

कौडिन्य

काठमाडौँ, असोज २८
asiad
एसियाड समापन समारोहमा नेपाललगायतका देशको झण्डा फहराउँदै। तस्बिर : राखेप

एसियाली खेलकुद आयोजना हुनुअघि राष्ट्रिय खेलकुद परिषद् खेलाडीबार जानकारी दिनका लागि पत्रकार सम्मेलन आयोजना गरेको थियो। त्यो पत्रकार सम्मेलनमा परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई सोधियो-१९औँ एसियाली खेलकुदबाट नेपालले कति पदकको आशा गरेको छ?

तर उनले सिधा उत्तर दिएनन्। सायद उनीसँग उत्तर थिएन। र, भने- ‘मेडलका उच्च सम्भावना भएका खेलहरुलाई एसियाली खेलकुदमा समावेश गरेका छौँ। यति नै मेडल आउँछ भनेर तोकेर भन्न सक्दिनँ।’

यता, एसियाली खेलकुदअघि खेलकुद पत्रकार मञ्चको कार्यक्रममा उपस्थित भएका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको भनाई केही फरक थियो।

उनले नेपालले मेडलको आशा नै नगरेको बताएका थिए। बरु खेलाडी पलायनलाई केही हदसम्म रोक्न सकिन्छ कि भनेरै अहिलेसम्मकै धेरै संख्यामा खेलाडी एसियाडमा पठाएको उनको आशय थियो।

हो, नेपालका कुनै पनि खेल र खेलाडीले मेडल ल्याउने तयारी गर्न पाएनन्।

तर अभ्यास गुणस्तरीय नै थियो। टेबल टेनिस र कराँतेका खेलाडीले पानी चुहिने हलमा अभ्यास गरे। काँस्य जितेको कबड्डीका खेलाडीले त अभ्यासका लागि हल नै पाएनन्। उनीहरुले म्याट राख्ने ठाउँ नपाएपछि रंगशालाको ट्राकमा अभ्यास गरेका थिए। त्यसमाथि कबड्डीलाई राखेपले खेलमा समावेश गराउनै चाहेको थिएनन्। अन्ततः त्यही कबड्डीले नेपालको लाज जोगायो।

यता, राखेपको सदस्य सचिव घिसिङले एसियाली खेलकुदमा समावेश गराउने अत्याधिक जोडबल गरेको खेल भने रग्बी हो। रग्बीले यो वर्ष एसियाडमा डेब्यु गर्‍यो। तर, त्यही रग्बीले नेपालको नाकै काटिदियो।

सबै खेलमा नेपालले लज्जास्पद हार बेहार्यो र घर फर्कियो।

नेपालका एथ्लेटिक्स, भलिबल, आर्चरी, फेन्सिङ, पौडी, हकी, तेक्वान्दो, जुडो, उसूलगायत कुनै खेलले पदक जित्ने तयारी नै गरेनन्।

पदक जितेका कराँते र कबड्डीले पुग्दो तयारी गरेका थियौँ भन्छ भने त्यो झुटशिवाय केही होइन।

उनीहरुले नै एसयाली खेलकुदमा जानुअघि भनेका थिए, ‘एसियाली खेलकुदजस्तो प्रतियोगितामा तीन महिनाको अभ्यासले पदक ल्याउने सकिँदैन। पदक ल्याउने तयारी गर्ने हो भने चार वर्ष पहिलेदेखिको योजना हुनुपर्छ।

तर नेपालका एरिका गुरुङ भने भाग्यमानी सावित भइन्। उनी आमा रत्न गुरुङले छोरीप्रति गरेको विश्वास खेलमा प्रष्ट देखियो। उनले रजत जितिन्।

रजत जित्नुअघि रत्नाले बिहानकै मनमैजु मन्दिरमा गएर पूजा गरिन्। छोरी एरिकाले पदक जितोस् भन्ने कामना गरिन्। नभन्दै उनकी छोरीले नेपाललाई ऐतिहासिक पदक दिलाइन्।

तर यो भगवान वरदान भने थिएन। उनले कक्षा सातमा पढ्दादेखिको मेहेनेतको फल थियो।

आखिर उनी १९औं जन्मदिनकै दिन एसियाली खेलकुदमा छनोट भएकी थिइन्।

धादिङको लाहुरा गाउँकी यी छोरीका बाबु पनि काठमाडौं बाहिर नै बस्छन्।

एरिका आमा, बहिना र ठूलाबाबको छोरीसँग काठमाडौंमा दुई कोठा भाडामा लिएर बस्छिन्। उनी आमाले एरिया र जेसिका(एरिकाकी बहिनी) लाई नर्सरीदेखि नै काठमाडौंमा पढाएकी हुन्।

रत्नलाई लाग्छ, ‘हामीले छोरा र छोरीमा भेदभाव गर्नु हुँदैन। उनीहरुले उस्तै व्यवहार गर्नुपर्छ। मैले त्यही भनेर छोरीलाई सानैबाट कराँतेमा लगाएँ। हेर्नुहोस् त आज उनले नेपालको मान बढाइन्।’

कराँतेको इतिहासमा एरिका सबैभन्दा सफल खेलाडी हुन। उनले अहिलेसम्मकै सबैभन्दा ठूलो पदक जितेकी छन्।

जितेको पदक हेर्दै एरिका।

नेपाली खेलकुद जगतमा नै व्यक्तिगत इभेन्टमा नेपालले २५ वर्षपछि रजत पदक जितेको हो। नेपाली खेलकुदमा यो पदकको महत्व बयान गरिसाध्य छैन। किनभने आजसम्म नेपालले एसियाली खेलकुदमा तीन मात्र रजत जित्न सकेको छ।

पहिलो पटक सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले जितेकी थिइन्। त्यसपछि सन् २०१४ मा प्याराग्लाइडिङ थोरै मात्र स्वर्णबाट चुकेपछि रजत जितेको थियो। त्यसपछि नेपालले जितेको रजत पदक योही नै हो। नेपालले अहिलेसम्म स्वर्ण पदक भने जित्न सकेको छैन।

त्यो रजत पदकका त्यसका लागि रत्नले छोरीमाथि ठूलो लगानी गरेकी छन्। आर्थिक लगानी मात्र होइन भावनात्मक लगानी पनि। उनले छोरीमाथि पारेको लगानशीलताको प्रभाव, दिएको माया, स्नेह, गरेको विश्वास अनि सिकाएका कुराहरुको नजित आज नेपालले एसियाली खेलकुदमा पदक जितेको छ। तर रत्नलाई एएटा डर छ – बाँकी खेलाडी पलायन जस्तै आफ्नो छोरी पनि देशमा भविष्य नदेखेर विदेन नै जानुपर्ने हो कि?

०००

कुरा कराँतेको मात्र होइन। कबड्डीको पनि उस्तै छ।

राष्ट्रिय खेलकुद परिषद्ले कबड्डीलाई न विदेशी प्रशिक्षक दियो न वैदेशिक अभ्यासको सुविधा नै। उनीहरुसँग त अभ्यास गर्ने ठाउँ पनि थिएन।

‘हामी कहिले यता, कहिले उता भौतारिरहेका हुन्छौं। हाम्रो अभ्यास गर्ने ठाउँ यही हो है भन्ने ठाउँ नै छैन। खेल्ने म्याट छ तर त्यसलाई राखेर खेल्ने ठाउँ छैन,’ एसियाली खेकलुद अघि कबड्डी खेलाडी जयन्ती बडूले भनेकी थिइन्।

पार्वती राई राखेपकै कर्मचारी हुन्। उनी महिला कबड्डीको प्रशिक्षक हुन्। एसियाली खेलकुदमा जानुअघि उनले सरकारले कबड्डीमा सुविधा बढाउनु पर्ने माग गरेकी थिइन्।

‘यो त टिम गेम हो नि, व्यक्तिगत होइन। यसमा सरकारले लगानी बढाएर लामो समय बन्द प्रशिक्षणमा राख्नु पर्छ,’ चीन जानुअघि प्रशिक्षक राईले एक अन्तर्वार्तामा भनेकी थिइन्।

भाग्य नै भन्नुपर्छ, एसियाली खेलुदमा कबड्डीमा सात देशको मात्र सहभागिता थियो। दुई समूहमा विभाजन गर्दा नेपाल रहेको समूहमा तीन टोली मात्र भए। त्यसमा दुई देश सेमीफाइनल पुग्ने थिए। समूहमा नेपालले एक मात्र खेल जिते पनि सेमीफाइनल पुग्ने अवस्था थियो।

पहिलो खेलमा नेपालले कमजोर बंगलादेशलाई हरायो र सेमीफाइनलमा स्थान बनायो। सेमीफाइनलमा हार बेहोरे पनि सेमीफाइनल पुग्ने दुवै टोलीले मेडल पाउने भएकाले फराकिलो हारका बाबजुद नेपालले पदक पायो। तर कबड्डीले पछिल्ला चार वर्षयता कुनै अन्तर्राष्ट्रिय खेल खेलेकै छैन।

सागपछि एकैपटक एसियाली खेलकुद खेल्नु कबड्डी खेलाडीको बाध्यता थियो। घरेलु खेलकुद पनि नुहुने यो खेलले धन्नै खेलाडी भने पाएको छ। तर अहिले कबड्डीकी प्रशिक्षक पार्वती राई सदस्य सचिव टंकलाल घिसिङको तारिफ गरेरै थाक्दिनन्। उनले बंगलादेशलाई हराएपछि सदस्य सचिवको तारिफ गर्न थालेको नेपाल आएसम्मै सकिएको छैन।

राखेपले बेवास्ता गरेको खेललाई पदक दिलाएर उनले आफ्नो क्षमता के हो पुरा देशलाई देखाएकी छन्। तर चाप्लुसी गरेर मात्र बढुवा खान पाइन्छ भन्ने नेपाली मानसिकताको योभन्दा ठूलो उदाहरण अरु हुनै सक्दैन।

अर्को कुरा, कबड्डी खेलमा सात पुस्तासम्म सम्बन्ध नभएका पदाधिकारीलाई राखेपले व्यवस्थापक बनाएर चीनको भ्रमणमा पठाएको थियो।

एसियाली खेलकुद, ओलम्पिकजस्तो प्रतियोगितामा राखेपको यस्ता बदमासी दोहोरिँदै आएका छन्। यस्तै तथ्यले यो खेलप्रति राखेप र स्वयं संघ कति सजग छ भन्ने थाहा हुन्छ। त्यसैले, तयारी भन्दा धेरै अपलिकती संयोग र धेरै चाहिँ खेलाडीको मेहेनेतले पाएको पदकलाई देखाएर राखेप र खेल संघहरुले आफ्नो कालो कर्तुलाई छोपिरहेका छन्।

यता, टेबल टेनिस, ब्याडमिन्टर र टेनिसजस्ता नेट गेम्सलाई त एसयाली खेलकुदमा पदक ल्याउनु असम्भवजस्तै छ। यि खेलमा केही खेलाडी मात्र दोस्रो चरणमा पुगे। धेरै कमजोर प्रतिद्वन्दी पाएको अवस्थामा मात्र नेपाली खेलाडी दोस्रो चरणमा पुगेका छन्। नभए पहिलो चरणबाटै बाहिरिएका छन्।

एसियाली खेलकुदलाई नजिकबाट चिहाउने हो भने यस्तै देखिन्छ। सतही रुपमा हेर्यो भने यो तथ्य केलाउन मुश्किल नै छ। त्यसैले, यही पुस्ताबाट थाल्यो भने मात्र अर्को पुस्ताले चाहिँ पदक ल्याउन सक्ने नविता श्रेष्ठ बताउँछिन्। ‘हाम्रो पुस्तालाई चाहिँ पदक जित्न गाह्रो छ। बच्चादेखि नै स्तरीय एकेडेमीमा राखेर ग्रुम गर्न सकियो भने मेडल ल्याउन सकिएला,’ एसियाली खेलकुदमा जानुअघि नविताले भनेकी थिइन।

०००

खेलकुदमा नेपाल देश आत्मनिर्भर होइन परनिर्भर छ। चीनले बनाइदिएको टेनिस हल, जापानाले बनाइदिएको अन्तर्राष्ट्रिय खेलकुद परिसर, अनि फिफा र एएफसीको डोनेसनबाट बनेको फुटबलका संरचना। हामीले अन्तर्राष्ट्रिय खेलका लागि अभ्यास गर्ने स्थल यिनै हुन्। हामी आफैं सजग नहुने हो, आफैं लगानी नगर्ने हो, हामी आफैं सक्षम छौं भन्ने हामीलाई जहिल्यैसम्म चेतना आउँदैन तबसम्म कमजोर नेपाली मानसिकता लिएर पदक मात्र होइन केही पनि जित्न सकिँदैन।

एसियाली खेलकुदमा जानुअघि एरिका मात्र यस्तो एउटा खेलाडी थिइन् जसले न सरकारले दिएको सुविधालाई कम मानिन् न नेपालका अभ्यासलाई। उनले यि सबैलाई आफ्नो सपना मानेर अभ्यास गरिन्।

‘यस्तो क्राइसेसको समयमा पनि सरकारले हामीलाई यो सुविधामा अभ्यास गराएको छ म सरकारप्रति एकदमै कृतज्ञ छु। म एकदमै खुसी छु, हार्डवर्क गरिरहेकी छु, पदकको लागि सक्दो प्रया गर्नेछु।’ उनको त्यही खुसी आज पदकमा परिणत भएको छ।

उनलाई हिजो मात्र प्रधानमन्त्रीले भेटेर शुभकामना दिए। त्यही रजत पदक राष्ट्रिय खेलकुद परिषद्ले खेलाडी स्वागत र सम्मान गर्नका लागि पर्याप्त बन्यो। त्यही एउटा पदकले नेपाली खेल पदाधिकारीलाई शीर निहुरिनबाट जोगायो। तर साच्चै नेपाले पदक जित्यो भनेर गर्व गर्ने कि अर्को एसियाली खेलकुदका लागि लाग्ने यो युवा तथा खेलकुद मन्त्रालय र राखेपले मनन गर्नुपर्ने कुरा हो?

युवा तथा खेलकुद मन्त्रालय।

खेल संघहरुको फोहोरी राजनीति भष्टाचार, विदेश भ्रमणजस्ता कुरामै सीमित छन्। यसले भने खेलाडी पलायनलाई नै बढावा दिन्छ। उसको सबैभन्दा ज्वलन्त उदाहरण भने तेक्वान्दो संघको काम र तेक्वान्दोका खेलाडी पलायन। नेपालमा हरेकजसो विद्यालयमा खेलाइने तेक्वान्दोका चार लाखभन्दा धेरै खेलाडी छन्।

ति खेलाडीबाठ बेल्ट अपग्रेड, तेक्वान्दो डोजाङको नविकरण, रेफ्री तथा प्रशिक्षकको प्रशिक्षणका नाममा तेक्वान्दोले करोडौं रकम असुल्ने गरेको छ। सरकारले खेलाडीलाई दिएको भत्तासमेत ‘संघ चलाउनु पर्छ’ भन्दै तेक्वान्दो आफैंले राख्ने गरेको छ। त्यसमाथि कुकीवनको सर्टिफिकेट बेचेर लाखौं कुम्ल्याउने तेक्वान्दो पदाधिकारीको अर्को धन्दा हो।

प्रतियोगिता र खेलाडीको चिन्ता छोडेर यस्तो काममा लागेपछि तेक्वान्दोले दशकौंदेखि पदक ल्याउन सकेको छैन। एक समय दक्षिण एसियाकी पावर हाउस तेक्वान्दो पछिल्लो डेढ दशकमा भ्रष्ट पदाधिकारीको जालोमा चुर्लुम्मै डुबेको छ।

आर्मी, प्रहरी र एपिएफले सयौँको संख्यामा खेलाडीलाई जागिरको व्यवस्था गरेको छ। राष्ट्रिय खेलकुद परिषद्मा दर्जनौ संख्यामा प्रशिक्षक छन्। उनीहरुको काम नै खेल्ने र खेलाउने हो। उनीहरुलाई दैनि प्रशिक्षण दिन केही बाधा छैन्। तर राखेपले उनीहरुलाई दैनिक अभ्यास र काम दिन सकेको छैन्। भइरहेको सम्पत्तिको महत्व नबुझ्दा नेपाली खेलाडी पदक ल्याउनबाट चुकिरहेको छन्।

यद्यपि राखेपका सदस्य सचिवले भनेका छन्, ‘खेलाडीको प्रदर्शनप्रति म सन्तुष्ट छु।’ नेपालबाट सहभागी भएका २५३ खेलाडीमध्ये २४० खेलाडी पदकको नजिकसम्म पनि पुग्न नसक्दा खेलकुदको नियमक निकायकै सबैभन्दा ठूला अधिकारी कसरी सन्तुष्ट हुन् सक्छन्? नेपाली खेलकुद कस्ता अधिकारीहरुबाट निर्देशित छ ? यो भने छर्लङ्गै छ।

एसियाली खेलकुदका लागि सरकारले २१ करोड लागनी गर्यो, संघहरुले गरेको लगानीको त हिसाब नै छैन। खेलाडी आफैंले यहाँसम्म आइपुग्न कति लागनी गरे त्यसको मूल्यांकन पनि गर्न सकिँदैन। राष्ट्रिय खेलकुद परिषद्ले समन्वय गर्न नसक्दा सबै लागनी खेर गइरहेको छ।

प्रकाशित: २०८० असोज २८ गते आईतबार ०८:२५
प्रतिक्रिया

थप समाचार

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

मोइन अलीको अर्धशतकसहित काठमाडौँविरुद्ध जनकपुरको सहज जित

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ। जनकपुरले काठमाडौँ गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको...

त्रिवि मैदान बाहिर सानो व्यापार, ठूलो राहत : कुमारीको मुहारमा चमक

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल) ले त्रिवि क्रिकेट मैदानबाहिरको चहलपहलसँगै साना व्यापारीको व्यापार पनि बढाएको छ। खेल हेर्न आउने दर्शकको भीडले मैदानबाहिर चटपटे, चाउचाउ, पानीलगायतका सामान...

टस हारेर ब्याटिङ गर्दै पोखरा, मैदानमा दिनेश खरेल र मेहदी हसन

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान सुदूरपश्चिमले टस...

एनपीएलले बढायो होटलहरूको कारोबार

काठमाडौँ: कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)ले काठमाडौंका होटल तथा पर्यटन व्यवसायमा आर्थिक गतिविधि बढाएको छ। यसवर्षको एनपीएलमा नेपाल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना