पोखरा- दसैँको छेको पारेर पोखरा-१८ भकुण्डेमा रहेको भकुण्डे युवा मञ्चले सराङकोटको तल्लो भूभागमावृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा ३० युवा, स्थानीय टोल विकास संस्था, आमा समूह, हिमाली बालकल्याण मञ्च, शहरी स्वास्थ केन्द्र, पाल नेवाङ गुम्बा विद्यालयका विद्यार्थी लगायत १ सय भन्दा बढीको सहभागिता रहेको थियो।
मञ्चका अध्यक्ष रामबहादर जिसीको संयोजकोत्वमा भएको कार्यक्रममा, सचिव सुमन थापाले सहजीकरण गरेका थिए।
सरसफाईमा युवाहरु आफैँ आफ्नो टोल सरसफाई गर्न निस्केका थिए।
आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहने संस्थाका सहसचिव सुमनले जानकारी दिए।
स्थापना भएको छोटो समयमै मञ्चले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।
भलिबल खेलमा विशेष जोड दिने मञ्चले जिल्ला र प्रदेश स्तरका खेलमा उत्कृष्ट स्थान हासिल गरेको छ।
पर्यटकीय क्षेत्र भएर पनि टोल पछाडि परेको तर नमुना टोलका रुपमा चिनाउन सबै टोलबासी लाग्नु पर्ने भकुण्डे टोल संस्थाका अध्यक्ष सुर्यबहादुर थापाले बताए।


