कुश्मा– अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुराँस पौडेल (गुणराज शर्मा) को अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ। यसअघि संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका पौडेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन्।
पर्वतको जलजलामा भएको अधिवेशनमा सर्वसम्मत भएपछि अध्यक्ष पौडेलले भने, ‘संस्थाको नेतृत्व गर्न पाउँदा खुशी लागेको छ। थप जिम्मेवार भएको महसुस भएको छ। पर्वतेहरुको हित र एकताका निमित्त काम गर्ने अरु हौसला मिलाएको छ।’
आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका पौडेल स्विटरजरल्याण्डमा बसोबास गर्दै आइरहेका छन्।
चौथो अधिवेशनले समाजमा अध्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको छ। समाजले दिएको जानकारी अनुसार वेलायतमा बस्दै आएका दधी आचार्य वरिष्ठ उपध्यक्ष, अमेरिकामा बस्ने वावुराम शर्मा, कतारमा कार्यरत शेषराज तिल्सिना, युएइमा रहेका मणिप्रसाद भुर्तेल र जापानमा कार्यरत युवा व्यवसायी सुवास लामिछाने उपाध्य पदमा चयन भएका छन्। त्यसैगरी महिला उपाध्यक्षमा भने दक्षिण कोरियामा कार्यरत संगीता कुँवर चयन भएकी छिन्।
विश्वभर रहेका पर्वतेहरुलाई संस्थागत रुपमा एकतावद्ध बनाउने उद्येश्यसहित गठन गरिएको यो संस्थाको नविनतम् महासचिवमा बेल्जियमनका प्रकाश पौडेल, सचिवमा युएईमा कार्यरत कमल लामिछाने, बेल्जियमका रुद्रमणी लम्साल, स्पेनका सन्तोष पौडेल, कोरियामा कार्यरत नवीन पराजुली र क्यानडामा रहेका रामकृष्ण रेग्मी चयन भएका छन्।
त्यसैगरी कोषाध्यक्षमा तिलक सापकोटा (युएई), क्षेत्रीय संयोजकहरुमध्ये मध्य पुर्व संयोजकमा राम शर्मा (बहराइन), एसिया प्यासिफिक संयोजकमा मुक्ती रेग्मी (जापान) र अमेरिका संयोजनकमा रबिन शर्माको चयन भएको छ। समाजका सदस्यहरुमा युवालाल सापकोटा (युएइ), ओम प्रकाश न्यौपाने (युएइ), रमेशराज जैसी –जापान), सेवक विक (कतार), विकास लामिछाने (कतार), नन्दलाल विक (कतार) र विनोद जिसी (स्विजरल्यान्ड) छन्।
समाजका लागि नेपाल प्रतिनधीको जिम्मेवारी भने मुना भुषालले पाएकी छिन्।


