काठमाडौं- एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले आफ्नो एक्सक्लुसिभ रिटेलर ऋतु ट्रेडर्स, हेटौंडाबाट सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सहजताको लागि र ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग तथा जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरुको बिक्रि हेटौंडाबाट पनि सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले जेसीबी पार्टपुर्जाहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरुमार्फत देशभर बिक्री वितरण गर्दै आएको छ । हेटौडामा नयाँ सेवाको उद्घाटन हेटाडा उपमहानगरपालिकाका उप–मेयर राजेश बानिया, हेटाडा च्यामबर एण्ड कमर्सका उपाध्यक्ष प्रमोद सिंह रानाभाट, हेटाडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदर प्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरे ।
यसको शुरुवात सँगै अब हेटौंडाका ग्राहकहरुले ऋतु ट्रेडर्स मार्फ़त सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउन सक्नेछन। ‘जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर ‘जेसीबीलाई जेसीबी मात्र’ भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सको शुरुवात हामीले गरेका हौं र हामीले शुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं, कम्पनीका प्रतिनिधिले भने।
