काठमाडमौं- नेपाली अटो बजारमा हुन्डाई कोना विद्युत्तीय सवारीले आम ग्राहकहरुको मन जित्दै गएको कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको उक्त विद्युत्तीय गाडीको बिक्रि बढ्दै गएको छ भने ग्राहकको पहिलो रोजाई बन्दै गएको छ ।
सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएको कम्पनीले जनाएको छ । २०१९ मा भारतबाट सुरु गरिएको ‘इमिशन इम्पोसिबल’ नामक मिशनअन्तर्गत कोना इलेक्ट्रिकले विश्वको सबैभन्दा अप्ठ्यारो भू–भागमा पर्फरमेन्स गर्दा कुनै सम्झौता नगरी ७०० किलोमीटरको यात्रा १७००० फीटको उचाई र १२ डिग्रीको कठोर तापक्रम पार गर्दै सगरमाथाको आधार शिविर .सम्म पुगेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भएको कम्पनीको दाबी छ ।
यस अभियानमा कोना इलेक्ट्रीकले न्यून तापक्रम, निरन्तर हिमपात र बरफीलो परिस्थिति जस्तो कठोर मौसमी अवस्थामा उच्च प्रदर्शन गरेको थियो। नेपालमा सन् २०१९ मा पहिलो पटक सार्वजनिक गरिएको कोना अहिले फेसलिफ्ट भर्सनमा उपलब्ध छ।
आफ्नो आकर्षक बनोट, उत्कृष्ट परफर्मेन्स, भरपर्दो रेन्ज दिने ब्याट्री र रीसेल भ्यालुले गर्दा कोना नेपालकै अग्रणी विद्युतीय गाडीको रूपमा स्थापित भएको कम्पनीले जनाएको छ। ५ वर्षसम्म बजारमा रहनु र धेरैको पहिलो रोजाइ बन्नुले यो एउटा सफल र सिद्ध विद्युतीय गाडी बन्न सफल भएको कम्पनीको दाबी छ ।
नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। कम्पनीले विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। डिसेम्बर १२ देखि १६,२०२२ मा बीई(भी) द चेन्ज अभियानअन्तर्गत र अक्टोबर ६ देखि ८ गते सञ्चालन गरिएको ‘हुन्डाई फेस्टिभ कार्निवल’ मा हुन्डाईले
हाइ भोल्टेज ब्याट्री चेकअप क्याम्प आयोजना गरेको थियो । जसमा २०० भन्दा बढी सवारीधनीको इभीमा परीक्षण गरिएको नतिजा अनुसार, ४ वर्ष सम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति (एसओसी) ९५ प्रतिशत भन्दा बढी पाइएको थियो।
सोही चेकअप क्याम्पमा सहभागी सिम्रिक एयरका पाइलट विमल श्रेष्ठले आफूले कोना रोज्नुको मुख्य कारण यसको विद्युतीय क्षमता र हुन्डाई ब्रान्ड प्रतिको विश्वास, ब्याट्रीको क्षमता र आकर्षक बनावट रहेको बताएको कम्पनीले जनाएको छ । आफ्नो गाडीको ब्याट्रीको क्षमतामा सोचेभन्दा कम ह्रास आएकोमा खुसी जनाउँदै आफू कोनासँग सन्तुष्ट रहेको उनले बताएका थिए । आफ्नो विभिन्न यात्राखण्डमा कोना निकै भरपर्दो साबित रहेको समेत उनले बताए।
विश्वव्यापी रूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडीका रुपमा स्थापित हुँदै गएको छ। हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रतिको सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीय गाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि–सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुद बनाएको कम्पनीले जनाएको छ ।


