बैतडी- बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापारि भारतको बतनलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
उनका अनुसार बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिए।
भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


