काठमाडौं- बीवाइडी अटो प्रालिको नेपालका लागि आधिकारिक वितरक साईमेक्स ईंन्टर प्रालिले काठमाडौंमा बीवाईडी सिटि स्टोरको शुभारम्भ गरेको छ।
बिद्धुतिय सवारी साधनमा विश्वव्यापी नेतृत्व गरेको बिवाइडीको नेपालमा मात्रै १२ वटा बिक्रेताहरुको नेटवर्क छ र छिट्टै अन्य स्थानमा पनि विस्तारको योजना रहको कम्पनीले जनाएको छ । बीवाइडीका बिद्धुतिय सवारी साधनलाई धेरै भन्दा धेरै ग्राहकहरुमाझ पुर्याउने लक्ष्यसहित घटस्थापनाका दिन काठमाडौंको सोल्टिमोडमा भव्य समारोहका बिच नयाँ विक्रि केन्द्रको उद्घाटन गरिएको हो।
विभिन्न स्थानिय संचारगृहका प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य तथा सांसद बिराज भक्त श्रेष्ठको उपस्थिति थियो । उनले नयाँ शोरुम र टिमलाई शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी, साईमेक्स कम्पनी प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले यस क्षेत्रमा अग्र र उच्च गुणस्तरका बिद्धुतिय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भुमिका खेल्ने भन्दै आफ्नो उत्साह व्यक्त गरिन् ।
विद्धुतिय सवारी साधनका सम्भावित ग्राहकको सेवा र सुविधाका लागि यो शोरुम अत्याधुनिक सुविधा, चार्जिङ स्टेशन, आकर्षक डिस्प्ले र तालिम प्राप्त र ग्राहकका सेवामा समर्पित रहेको कम्पनीले जनाएको छ ।


