काठमाडौं – विराटनगर महानगरपालिका-३ बरगाछीको खुला चौरमा २५ वर्षीया महिला सामूहिक बलात्कारको सिकार भएकी छिन्।
असोज २७ गते राति साढे ११ बजे ती महिलामाथि सामूहिक बलात्कार भएको हो।
बलात्कारको आरोपमा प्रहरीले धनुषा मिथिला नगरपालिका-११ का २० वर्षीय विनोद चौहान, ४० वर्षीय टेकबहादुर तामाङ र अर्का एक नाबालकलाई पक्राउ गरेको छ।
तिनै जनालाई पक्राउ गरी सोमबार मोरङ प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेकाहरू गाडीका चालक र सहचालक हुन्।
राति उनीहरू बसपार्कबाट सिटी सफारीमा बरगाछीतर्फ जाँदै थिए। त्यही सफारीमा ती महिला थिइन्।
बरगाछीस्थित चौरमा पुर्याएर उनीहरूले सामूहिक बलात्कार गरेको दाहालले बताए।


