काठमाडौं- प्रहरी नायब उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी बनेका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रमुखको रुपमा कार्यरत् कुँवर गण्डकी प्रदेशतर्फ उत्कृष्ट प्रहरी बनेका हुन्।
गण्डकी प्रदेश प्रहरी कार्यालयले उनलाई उत्कृष्ट प्रहरी छनोट गरेको हो।
६८ औं प्रहरी दिवसका अवसरमा सोमबार आयोजित एक कार्यक्रमका बीच कुँवरलाई उक्त उत्कृष्टताको पुरस्कार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले प्रदान गरे।
यस्तै, गण्डकी प्रदेशमा कार्यरत् रहेका प्रहरी वरिष्ठ नायब निरीक्षक रामबहादुर क्षेत्री अधिकारी सर्वोत्कृष्ट अनुसन्धानकर्ता बनेका छन्।
प्रहरी नायब निरीक्षक रुद्रबहादुर दरै, प्रहरी सहायक निरीक्षक सहदेव पौडेल, जगेन्द्र गाहा, प्रहरी जवान कुमार फालमगर र किरन थापा पनि उत्कृष्ट प्रहरी घोषित भएका छन्।


