काठमाडौ- आगामी कात्तिक ५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको चौथौं पारा एसियन गेम्सका लागि नेपाली खेलाडीहरु त्यसतर्फ प्रस्थान गरेका छन् । पारा एसिएन गेम्स २०२२ मा विभिन्न १० वटा खेलहरुमा नेपालको प्रतिनिधित्व गर्ने गरुी नेपाली खेलाडी तथा प्रशिक्षकहरु चीनको ह्वान्जाओ प्रस्थान गरेका हुन् ।
नेपाली खेलाडीलाई एक बिदाई कार्यक्रमको आयोजना गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सफलताको शुभकामना व्यक्त गरे । एनसेलले देश तथा विदेशमा नेपाललाई प्रतिनिधित्व गर्ने राष्ट्रिय पारा खेलाडीहरुको सहयोगार्थ सम्पुर्ण पारा खेलाडीहरुको सिपविकास र प्रशिक्षणका लागि राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालसँग सहकार्य गरेको छ ।
यस वर्ष पारा एसियन गेम्समा विभिन्न १० खेलका विधामाहाम्रा १९ जना पारा खेलाडीहरु आफ्नो देशको लागि खेल्नेछन् । एथलेटिक्स, ब्याडमिनटन, साइकलिङ, पौडी, टेक्वान्दो, जुडो, पावर लिफ्टिङ, सुटिङ र टेबलटेनिस खेलमा नेपाल सहभागी हुनेछ ।


