चितवन – चितवनमा पानी जमेको खाल्डोमा डुबेर १८ महिनाका बालकको मृत्यु भएको छ।
खैरहनी नगरपालिका-१० फफेनी सुन्दरबस्तीका बालक कृमश चौधरीको सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
घरको धारानजिक रहेको पानीको खाल्डोमा डुबेर बालक अशक्त भएका थिए।
खेल्ने क्रममा डुबेर अशक्त भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


