विराटनगर – मोरङको इटहरा बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिका-९ का ३२ वर्षीय सुरेन्द्र श्रेष्ठ छन्।
उनको उपचारको क्रममा सोमबार राति अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको प्रहरीले जनाएको छ।
रतुवामाई नगरपालिका-८ इटहरा बजारस्थित सडकमा को२६प ४२७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए।


