काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको २९ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । २०८० असोज ३० मा सम्पन्न साधारण–सभाले लेखापरिक्षकको प्रतिवेदन सहितआर्थिक वर्ष २०७९/८० को आर्थिक विवरण, वासलात, नाफा नोक्सानहिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र वार्षिक प्रतिवेदन पारित गरेको हो ।
साधारण सभाले शेयरधनीहरुलाई आ.ब २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र १०.५३ ५ नगद लाभांश (बोनस शेयरमालाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले प्रस्तावित बोनस शेयर वितरण भएपश्चातहालको जारी र चुक्तापूँजी वृद्दि हुने भएकोले जारी र चुक्तापूँजी वृद्दि गर्न प्रबन्धपत्र संशोधनगर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । बैंकको साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को लागि एन. अमात्य एंड कम्पनी, चार्टड एकाउन्टेन्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको हो ।


