काठमाडौं- नेपालीहरुको महान पर्व दसैंको अवसर तथा कम्पनीको ३० औं वार्षिकोत्सवको अवसरमा सेल्सवेरी डिपार्टमेन्टल स्टोर्सलेआकर्षक छुट योजना सार्वजनिक गरेको छ।
आफ्ना ग्राहक तथा उपभोक्ताको हितलाई ध्यानमा राख्दै विशेष छुट प्रदान गर्ने गरी अफर ल्याइएको कम्पनीले जनाएको छ। यो अफर सेल्सवेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ।
घरायासी,खाद्यान्न तथा किचनका सामानहरुमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने कम्पनीले विस्वास लिएको छ। क्यास ब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको बताइएको छ।

वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउस होल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सवेरीले जनाएको छ।हिमालयन बैंकको एमेक्स क्रेडिटकार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिने व्यवस्था समेत सेल्सवेरीले मिलाएको छ।
त्यसैगरी सेल्सवेरीले काठमाडौंको महारागञ्जमा नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ। स्थापनाको ३० औं वार्षिकोत्सवको सन्दर्भ र दसैंको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याउन सफल भएको हो।
अत्याधुनिक सुविधा सम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँपनको झझल्को दिन सेल्सवेरी सफल भएको प्रमुख कार्यकारीअधिकृत सुशीलमान प्रधानाङगले जानकारी दिए।


