२०८३ कार्तिक १४ गते शुक्रबार

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो नवलपुर बालिका सम्मेलन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १
insec

मध्यविन्दु (नवलपरासी)-नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिकामा सञ्चालित बालिका सम्मेलन १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।

‘बालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आयोजना गरिएको तेस्रो नवलपुर बालिका सम्मेलन-२०८० सम्पन्न भएको हो। बालविवाहको प्रभावकारी नियन्त्रण तथा रोकथामका लागि पहल गर्ने प्रतिबद्धतासहित १५ बुँदे घोषणापत्र जारी गरिएको नवलपुर किशोरी सञ्जालका अध्यक्ष विद्या ढुङ्गानाले बताइन्।

‘१५ बुँदे घोषणापत्रमा किशोरीहरूले आफ्ना मागलाई बुँदातरूपमा प्रस्तुत गरेका छन्,’ उनले भनिन्, ‘जसमा उनीहरूले आफूले पाउनुपर्ने हक, अधिकार र कर्तव्यका बारेमा समेत समावेश गरेका छन्।’

नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरसहित, चितवन, रुपन्देही र कपिलवस्तुका किशोरी एवं सरोकार भएका एकै स्थानमा बसी किशोरीका सवाल, राम्रा अभ्यास, सुझावको सङ्कलन र छलफल गरिएको अध्यक्ष ढुङ्गानाले बताइन्।

सम्मेलनमा किशोरी सशक्तीकरण अभियानमा लाग्न नपाएका भर्खर युवा अवस्थामा प्रवेश गरेका विभिन्न क्षेत्रका युवती र अभियानमा जोडिएर अभियानको सहजीकरणमा लागेका किशोरीबीच सामूहिक छलफल गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए।

‘छलफलमा समग्र किशोरीको समस्या, चुनौती, अवसर, सम्भावनाको चित्रण देखिएको थियो, उनीहरूले आफ्ना अनुभवसमेत राखेका थिए,’ उनले भनिन्।

बाल अधिकार र किशोरी अधिकारका सवालमा तीनै तहको सरकारको अपनत्व रहने गरी नीतिगत तहमा आफूले भूमिका खेल्ने गण्डकी प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले बताइन्।

‘गण्डकी प्रदेशसभामा किशोरकिशोरीका विषयमा धेरै नीति नियम बनिसकेका भए पनि केही बाँकी रहेका छन्,’ उनले भनिन्, ‘बन्दै गरेका नीतिमा किशोरकिशोरीदेखि हरेक तप्काका नीति निर्माणमा भूमिका निर्वाह गर्नेछु।’

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बालिकाको सवलीकरणका लागि स्थानीय सरकारले विशेष ध्यान दिने बताइन्।

‘बालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षाका लागि स्थानीय सरकारले प्राथमिकता दिने छन्,’ उनले भनिन्, ‘यसका लागि गाउँपालिका महासङ्घमार्फत पैरवी गर्ने छौँ।’

डा गीतु गैरेले किशोरावस्थामा हुने शारीरिक, मानसिक, संवेगात्मक परिवर्तनका विषयमा खुलेर व्यक्त गर्न पनि नसक्ने र विद्यालयमा समेत ती विषय खासै नसिकाउँदा आफैँले जान्नुपर्ने परिस्थिति रहेको बताएकी थिइन्।

कावासोतीकी आशा विकले आफू किशोरी सशक्तीकरणको अभियानमै जोडिएका कारण पछाडि बसेर सुन्ने गरेकामा अहिले अगाडि बसेर सुनाउने बनेको अनुभव सुनाइन्।

‘बालबालिका र किशोरीको सवालमा गर्नुपर्ने सामाजिक विकासमा गरिने लगानीको प्रतिफल दीर्घकालीन हुनेमा कुनै सन्देह छैन,’ उनले भनिन्। कावासोतीबाट सहभागी मनीषा पौडेलले किशोरी सशक्तीकरणका अभियानले अहिलेका बालबालिकामा ऊर्जा थपेको बताइन्।

एक दिवसीय बालिका सम्मेलनमा नवलपुर, चितवन, रुपन्देही र कपिलवस्तुका किशोरी सञ्जालका पदाधिकारी एवं अभियानकर्मीसमेतको समुपस्थिति रहेको थियो।

सन् २०३० सम्ममा बालविवाहको अन्त्य गर्ने दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताए।

नवलपुर किशोरी सञ्जाल र जागृति बाल तथा युवा सरोकार नेपालले आयोजना गरेको सम्मेलनमा जिल्लाका आठ वटै स्थानीय तहसहित विभिन्न सरोकारवाला सङ्घ संस्थाले सहकार्य गरेका छन्।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा प्रथम बालिका सम्मेलन विसं २०७३ र दोस्रो बालिका सम्मेलन २०७४ मा आयोजना गरिएको थियो। यो सम्मेलनको तेस्रो संस्करण हो।

प्रकाशित: २०८० कार्तिक १ गते बुधबार ०६:२०
प्रतिक्रिया

थप समाचार

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...

प्रधानमन्त्री विपद् कोषमा कति रकम आयो? कति खर्च भयो? समितिले खोज्यो हिसाब

काठमाडौँ: भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त रकम, प्रभावित वडा र पालिकामा भएको खर्चको विस्तृत...

अर्नब चक्रावत: नारायणगढ–मुग्लिनसहित प्रमुख राजमार्गमा पहिरोको जोखिम

अत्यावश्यकबाहेक वर्षाको समयमा राजमार्गमा यात्रा नगर्न र गर्नैपरे ट्राफिक वा सडक कार्यालयबाट सूचना लिएरमात्र यात्रा गर्न अपिल गरिएको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना