काठमाडौँ- विश्वकप छनोट खेलमा ब्राजिल उरुग्वेसँग पराजित बनेको छ।
बुधबार भएको खेलमा उरुग्वेले ब्राजिललाई २–० गोलले हराउन सफल भएको हो।
खेलको ४२ औँ मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। ब्राजिलका लागि भने खेलमा थप समस्या थपिएको थियो।
खुट्टामा चोट लागेपछि टोलीले स्टार खेलाडी नेयमार खेल मैदान बाहिर हुनुपर्ने स्थिति आयो। दोस्रो हाफमा ब्राजिलले उरुग्वेमाथि दबाब बढाएको थियो तर उसको प्रयास गोलमा परिणत हुन सकेन।
रोड्रिगो प्रहार पोस्टमा लागेको थियो भने भिनिसियस जुनियरले गरेका दुई वटा पेनाल्टीको माग अम्पायरले अस्वीकार गरे। यसैबीच निकोलास डेला क्रुजले अर्को गोल गर्दै उरुग्वेको जित सुनिश्चित गरे।
४ खेलपछि समान ७ अङ्क भए पनि उरुग्वे तालिकाको दोस्रो स्थानमा रहेका छ भने ब्राजिल तेस्रो स्थानमा रहेको छ। शतप्रतिशत नतिजासहित अर्जेन्टिना १२ अङ्क बटुल्दै शीर्ष स्थानमा छ।


