काठमाडौ- बडादशैंको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबी गज्जब चाडपर्व अफर’ याेजना ल्याएकाे छ।
यस ‘आरबीबी गज्जब चाडपर्व अफर’ याेजना अन्तर्गत बैंकले ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको हाे।
बैंकले नेपालीहरुको बडादशै तथा शुभदिपावली, न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने जानकारी सूचनामार्फत् दिएको हो।
‘आरबीबी गज्जब चाडपर्व अफर’ याेजनाअनुसार ब्याज भुक्तानी गर्ने समय २०८० कार्तिक मसान्तसम्म लागु हुने बैंकले जनाएको छ।


