काठमाडौं- गोरखामा आयोजित लिगलिगे दौडको उपाधि त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले हात पारेका छन्।
दौडेर राजा हुने थलो लिगलिगकोट आयोजना भएको दौडको ११औं संस्करणमा चेपेघाट देखि लिगलिगकोट सम्म १३.८ किमि दुरी ५६ मिनेट ३६ सेकेण्डमा पूरा गर्दै गजेन्द्र राईले दौड जितेका हुन्।
जितसँगै उनले नगद १ लाख पुरस्कार पाएका छन्। त्यस्तै आर्मीकै नरेन्द्र सिंह रावत ५६ मिनेट ५३ सेकेण्ड र भारतीय सेना अनिश थापामगरले ५८ मिनेट ३५ सेकेण्डमा दुरी पार गरेर दोस्रो र तेस्रो भएका छन्।
उनीहरुले पुरस्कार ५० हजार र २५ हजार प्राप्त गरेका छन्।
लिगलिगकोट विकास अभिायनले आयोजना गर्दै आएको लिगलिगे दौडको ११ औं संस्करण यसपटक ४९ जना धावक सहभागी थिए।













