काठमाडौं- एसीसी यू–१९ प्रिमियर कपमा नेपालले साउदी अरेबियालाई ३४८ रनको विशाल लक्ष्य दिएको छ।
मलेसियामा भइरहेको उक्त क्रिकेटमा युएसडी–युकेएम ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले अर्जुन कुमाल र आकाश त्रिपाठीको शानदार प्रदर्शनमा नेपालले विशाल स्कोर बनाएको हो। कुमालले १४२ रन बनाएका थिए।
नेपालले ७ विकेट गुमाएर ३४७ रन बनायो।
नेपालका लागि अर्जुनले १४२ र आकाशले ८९ रनको महत्वपूर्ण योगदान गरे भने भने ओपनिङमा आएका दीपक बोहोरा २९ रन बनाए ।


