काठमाडौं– नेपालले कसिलो बलिङ गरेपछि हङकङले ९५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टि२०आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो । हङकङका लागि यासिम मुर्तजाले सर्वाधिक ३६ रन जोडे।
नेपालका लागि करण केसीले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिए। अभिनाश बोहोराले २ तथा सोमपाल कामी, कुशल मल्ल र श्याम ढकालले १-१ विकेट लिए। नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।


