काठमाडौं– साउदी अरेवियामाथि शानदार जित निकाल्दै नेपाल यू–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। साउदीलाई ३०१ रनले हराउँदै नेपाल कपको समूह चरणमा अपराजित रह्यो।
बिहीबार साउदीलाई १९.१ ओभरमा ४६ रनमा अलआउट गर्दै नेपालले ३०१ रनको फराकिलो जित निकालेको थियो। पहिले ब्याटिङ गरेको नेपालले साउदीलाई ३४८ रनको विशाल लक्ष्य दिएको थियो। नेपालका लागि दिपेश कँडेलले ९.१ ओभर बलिङ गरेर ६ विकेट लिए। अर्का स्पिनर सुवास भण्डारीले ५ ओभर बलिङ गरेर एक विकेट लिए।
पावरप्लेमा साउदी अरेबियाले ६ विकेट गुमाउँदा जम्मा १८ रन मात्रै जोड्न सक्यो।
नेपालका तीव्र गतिका बलर आकाश चन्दले ३ ओभर बलिङ गर्दा १४ रन खर्चेर २ विकेट लिएका थिए।
नेपालले अर्जुन कुमालको शतकमा ३४७ रन बनाएको थियो। कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रन बनाए। दीपक बोहरा २९ रन र विशालबिक्रम केसी २४ रनमा अविजित रहे।


