२०८३ कार्तिक ११ गते मङ्गलबार

‘कुललाई फासी’ भनेपछि एनआरएनप्रति झाँक्री आक्रोशित, के भनिन्?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २
rk_jhakri

काठमाडौँ- गैरआवासीय नेपाली संघ(एनआरएनए)को विश्व सम्मेलनमा वक्ताका रूपमा पुगेकी नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आक्रोशित बनेकी छन्।

काठमाडौँमा चलिरहेको एनआरएनए महाधिवेशनका क्रममा एनआरएनबारे दिएको अभिव्यक्तिको पक्ष र विपक्षमा यतिबेला सामाजिक सञ्जालमा बहस भइरहेको हो।

एनआरएनएको विश्व सम्मेलनमा ‘नागरिकता र मताधिकार’ विषयको ‘प्यानल डिस्कसन’मा झाँक्रीले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकार दिन नसक्ने आशयको अभिव्यक्ति दिएकी हुन्।

एनआरएनका कतिपय सदस्यहरुले केही समयअघि जारी भई कार्यान्वयनमा आएको नागरिकता ऐनको विरोध गरेका थिए। उनीहरुले आफूहरुलाई राजनीतिक अधिकार बिनाको नागरिकता दिएर विभेद गरिएको बताएका थिए। उनीहरूले राजनीतिक नेतृत्वको पनि आलोचना गरेका थिए।

राजनीतिक अधिकार बिनाको नागरिकता लिएको भन्दै एक एनआरएनए सदस्यले अध्यक्ष कुल आचार्यलाई फासी दिन पर्ने पनि शब्द उच्चारण गरेपछि झाँक्री आक्रोशित बनेकी थिइन्। एनआरएनलाई वंशजको नागरिकता दिनुपर्ने उनीहरूको भनाइ थियो।

एक वक्ताले विदेश गएकाहरुले अरु नेपालीसरह सुविधा उपयोग गर्न नपाउने भन्दै समस्यापूर्ण कानुन संसदले दिएको र एउटा कागज दिएर प्रशंसा लिन खोजेको बताएका थिए। आफूहरुलाई अनागरिक बनाएर मानअधिकार हनन गरेको पनि उनको भनाइ थियो।

‘कि तपाईंहरु हट्नुस्, गैरआवासीय नेपालीलाई बोलाउनुस् देश बनाउन सुरु हुन्छ,’ एक एनआरएनले अभिव्यक्ति दिएका थिए।

झाँक्रीको भनाइ जस्ताको तस्तै:

यो कुरा कुल दाइलाई पनि याद छ। किनकी यो डायस्पोरामा म धेरै दाइहरुसँग इङ्गेज थिएँ पहिलेदेखि। अहिले औंलो हालेपछि डुडिल्नोसम्म छिराउने मामिला हो भन्ने त हामीलाई पनि थाहा थियो। त्यहीकारणले ठ्याक्कै नागरिकता पाएपछि यो हुँदैछ।

यसको म पृष्ठभूमिको कुरा गर्छु, छोट्टोमा। अपमान गरेको होइन।

पहिले हामी नेपाली विदेश जान केके हर्कत गर्‍यौं ? त्यो देशको आईएलआर अथवा ग्रिनकार्ड पाउन के के हर्कत गर्‍यौं, आफ्नो नागरिकता त्यागेर, आफ्नो पासपोर्ट त्यागेर।

तपाईंहरुले दुई पैसा कमाउनु भा’होला, स्कील होला र नेपाललाई फर्किएर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि, गणतन्त्रपछि संविधान ल्याएर यो व्यवस्था गर्‍यौं। अनि तपाईंहरुले कुललाई फाँसीको कुरा गर्ने, कुल आचार्यलाई ? नलिन चाहनेले गैरआवासीय नागरिकता नलिए पनि हुन्छ।

नलिए हुन्छ नि त सबैलाई लिनुस् भनेको होइन।

म डायस्पोरामा हेरेरै बसेको मान्छु हुँ। एउटा नेपालीले त्यहाँको सिटिजन या स्थायी बसोबासका लागि कतिसम्म दुःख, कतिसम्म कष्ट, कतिसम्म काम गरेर बस्नुभाछ। अनि यहाँ आएर ठूला कुरा गर्या सुहाएन के साथी हो।

तपाईंहरुले भन्नुभयो: म विज्ञ हुँ कानुनको। तपाईं त्यहाँ वकालत गर्नुहुन्छ ? तपाईं त्यहाँको अदालतको प्राक्टिस्नर हो ?

नम्बर एक। हो ? तपाईं हो भने तपाईं प्राक्टिसनर वकिल हो ? मैले जानेको कुरा यति हो कि तपाईं प्राक्टिसनर हो ?

तपाईं प्राक्टिस्नर हो भनेर जान्न खोजेको। हो भने म यसै गरी … यो विषयमा म पनि लाइसेन्स लिएको अधिवक्ता हुँ। कानुनमा मैले स्नातक गरेकी छु। म लेजिस्लेटर हुँ। मैले यो पार्लियामेन्टमा कानुन बनाउने काम गरें। कानुनलाई कार्यान्वयन गर्ने मन्त्रीको हैसियतले काम पनि गरें। त्यसकारण तपाईंले हामीलाई प्लेनरीमा राखेर जे कुरा गर्नुभयो- तपाईं प्राक्टिस्नर हो भनेर मैले सोधेको हुँ।

हामीले प्राक्टिक अलि कम काम अलि धेरै गर्‍यौं। मैले अदालतमा कम प्राक्टिस गरें। तर कानुन हामीले पनि पढ्यौं। त्यसकारण हरेक देशको सिटिजनसीप सम्बन्धी कानुन त्यो देशको विशिष्टतामा आधारित हुन्छ। नागरिकता र त्यसको अधिकार भनेको ग्लोबल अधिकार होइन। तपाईंले संयुक्त राष्ट्र संघको बडापत्र हेर्नुभयो भने पनि मानव अधिकार विश्वव्यापी हुन्छ। साथी हो, कान खोलेर सुन्नुस्। त्यहाँ तपाईंहरूलाई रेष्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर होला।

मानव अधिकार विश्वव्यापी हुन्छ। सिभिल राइट त्यो देशको टेरिटोरीमा संविधानतः प्रदत्त गरिएको हुन्छ। तपाईंहरूलाई सिटिजनसिपको अधिकार दिइएको होइन। तपाईंहरूलाई गैरआवासीय नेपालीको अधिकार दिइएको हो। यति कुरा थाहा पाइराख्नुस्। यहाँ आएर अहिले ठूलो कुरा नगर्नू। तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो। अनि अहिले खुसीले त्यागेको कुरा, तपाईंहरूले केही आर्थिक समृद्धिका काम, केही सीपका काम गर्नुहोला भनेर गरेको हो। अनि यो हामीलाई थाहा छैन र ?

यो सबै थाहा छ, म त अझ प्रवासमा नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य हुँदा मैले पाँच वर्ष प्रवासमै काम गरेको हो। नेपाली डायस्पोरासँगै काम गरेको हो। त्यसकारण म प्रत्येक नेपाली डायस्पोराको घरघरमा पुगेको छु। त्यसका स्टाटस सबै थाहा छ मलाई। हो त्यसकारण, यस्तो गरेर यहाँ आएर परिस्थिति भड्काउने, अपमान गर्ने कुरा होइन। तपाईंले एउटा विदेशी विश्वविद्यालयको डिग्री ल्याउनुभएको होला। नेपाली कन्टेक्टको डिग्री हामीसँग छ। कानुनमा छ, म्यानेजमेन्टमा छ, ह्युम्यानिटीजमा छ। हाम्रो लेजिस्लेटर सूर्य पाठक जापानको पीएचडी हो। इन्टरनेशनल डिग्री छ। अनि तपाईंले प्लेनरीमा बसेका मान्छेलाई यी ज्ञान नभएका मानिस हुन्, यिनले कानुन त बनाए होलान् …। तपाईंले त्यहाँबाट हामी गेस्टलाई भन्न मिल्छ ?

ट्रिट फर ट्र्याट हुन्छ मित्र। तपाईंले पढ्नुभएको छ तर बेलायतमा अभ्यास गर्नुभएको छैन। हामी नेपालमा प्राक्टिस गरेका छौं। यो हो कुरा। त्यसकारण यस्ता कुरा गर्नु हुँदैन।

र, म कान खोलेर सुन्न भन्छु- तपाईंहरूलाई दिइएको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हो। भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन। तपाईंहरू खुशीले नागरिकता त्यागेर गएकाहरूलाई आउन इन्भाइट गरेको हो। यहाँ हाम्रो पनि स्वार्थ छ, तपाईंहरूको पनि स्वार्थ छ। ब्रिटिश गोर्खाको सन्दर्भमा फरक कुरा हो।

त्यसकारण यहाँ भएको कुराप्रति कृतज्ञता छैन, जहिले पनि धमिलो पानीमा माछा मार्ने, नेपाली राजनीतिक प्रणालीका बारेमा विदेशमा बसेर फेसबुकमा लेख्ने, विषबमन गर्ने, नकारात्मक धारणा दिने, यही हो तपाईंहरूको काम ?

तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्टान्डर्ड भाषामा त्यो देशको कर प्रणाली, कानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस्। बिहान जुरुक्क उठेर आँखाको चिप्रा नपुस्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुपर्‍यो ? यहीं चिन्ता गर्ने मान्छे, यसका लागि मरेका, रगत बगाएका, हातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं। यो देशको चिन्ता हामीले गर्छौं।

तपाईंहरूले यस्ता कुरा गर्नु सुहाउँदैन।

र, डिग्रीको धाक दिनु पनि पर्दैन। नेपालमा नेपाली भाषा चाहिन्छ। नेपालको डिग्री हामी धेरै मानिसले लिएका छौं। त्यसकारण चित्रलेखा दिदीहरू पनि अयोग्य होइन। त्यसैले यस्तो प्लेनरीमा आएर राम्रोसँग सकिएको कुरालाई यो कागजको खोस्टो, नथिङ इल्स (केही पनि होइन), यो कुल आचार्यहरूलाई फाँसी हुन्छ, यही हो सभ्यता ? के सिक्नुभयो ?

विश्वका यस्ता मुलुक घुमेर ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो ? बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएन, सिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ। त्यसकारण यो आतंककारी बनाउने बाटो तर्फ नजानुस्। तपाईंहरूले त्यो देशको बेलायतमा किन १० वर्षबाट २० वर्ष भयो आईएलआर बनाउन ? त्यहाँ गएर भन्न सक्नुहुन्छ ? बेलायतमा तपाईंको स्टाटस जे हो, आज तपाईंको नेपालमा नेपाली नागरिकता त्यागेपछि त्यही स्टाटस हो मित्र।

नेपालको कानुन कस्तो हुने ? तपाईंको अधिकार होइन, हाम्रो अधिकार हो। नागरिकता त त्यागिसक्नुभएको छ नि तपाईंहरूले।

(दर्शकदीर्घाबाट हल्ला र प्रश्न सुरु हुन्छ- तपाईंलाई कानुन थाहा छ ?) तपाईं ब्रिटिश पासपोर्ट बोकेर आउनेले यो भन्न पाउनुहुन्न। नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस्।

त्यसकारण तपाईंहरूले जान्नुभएको होला, त्यसकारण तपाईंहरूले नेपाली नागरिकतालाई संविधानप्रदत्त सबै अधिकार छ। नेपाली नागरिकलाई संविधानप्रदत्त सबै अधिकार छ। संविधानले सबै अधिकारलाई संरक्षण गरेको छ। नेपाली बाहेक गैरनेपालीलाई संविधानले संरक्षण गर्ने कुरा मानव अधिकार र आर्थिक अधिकारको हिसाबले मात्रै गर्छ। त्यसकारण तपाईंहरूको एउटा सोल्जर (सिपाही)को माथि दिमाग नउठेको देखेर म छक्क परें। त्यसकारण यो विषयमा बहस गर्नु चाहिं बेकारको कुरा छ।

तपाईंहरूले कार्यक्रममा आफ्नो तरक्की देखाउनुभएको हो। यो पनि थाहा छ। यस्ता हल्ला, हजार मान्छे डुलाएर आएकै मान्छै हो हामी। दुई जनाले नारा लगाएर के हुन्छ भन्या ? के हुन्छ यहाँ ? त्यसकारण मैले यति कुरा भनें। र अहिले यो नागरिकता विधेयक पास भइसकेपछि यसलाई स्वागत गर्नुको बदला जे गर्नुभएको छ, यो कुरा तपाईंहरूको आपत्तिजनक छ। नलिन चाहनेले लिनुहुन्न। यतिकुरा भनेर सकाउँछु। धन्यवाद।

प्रकाशित: २०८० कार्तिक २ गते बिहिबार ०८:४७
प्रतिक्रिया

थप समाचार

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

मलेसियामा सीमित संस्थामार्फत कामदार पठाउने व्यवस्थाप्रति संघको आपत्ति

काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको ‘एफडब्लुसीएमएस’ प्रणालीअन्तर्गत सीमित नेपाली वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरी नेपाली श्रमिक पठाउने व्यवस्था...

नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य

काठमाडौँ: अमेरिकाले पर्यटक तथा व्यावसायिक प्रयोजनका लागि दिइने बी–१÷बी–२ भिसाका आवेदकमध्ये ५० देशका नागरिकका लागि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्मको भिसा बन्ड अनिवार्य गरेको छ। नयाँ व्यवस्थामा...

मलेसियाको रोजगारीमा २५ म्यानपावरलाई मात्र अनुमति दिने व्यवस्था स्वीकार्य छैनः पूर्वअध्यक्ष वाग्ले

काठमाडौं। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स...

घले दम्पतिले दिने भए भोटेकोशीका बाढीपीडित बालबालिकाका लागि ५७ करोड ८५ लाख

सिड्नी। भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र आधारभूत आवश्यकता पूरा गर्न एमआईटी ग्रुप फाउन्डेसनले ५७ करोड ८५ लाख रुपैयाँसम्म खर्च गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय बाल अधिकार...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना