काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भुटानी नागरिक पक्राउ परेका छन्।
अवैध रुपमा बाह्य मुलुकमा डलर लैजान लागेको आरोपमा प्रहरीले ६५ वर्षीय यशी चोडेनलाई बिहीबार पक्राउ गरेको हो।
उनीबाट ९ हजार ५ सय अमेरिकी डलर र ८ हजार रुपैयाँ भारु बरामद भएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।
ड्रुक एयरको उडानद्वारा उनी काठमाडौंबाट पारो जान लागेका थिए।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट लुकाई लैजान लागेको उक्त विदेशी मुद्रा फेला परेको थियो।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।


