विराटनगर- मोरङबाट प्रहरीले एक थान पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाही हरिपूर्वा नगरपालिका-७ बस्ने २७ वर्षीय रविन्द्रकुमार यादव, २० वर्षीय कमलेशकुमार यादव र महोत्तरी गौशाला-६ का २२ वर्षीय राम दयाल यादव रहेका छन्।
यादवलाई शुक्रबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले उनीहरूलाई शुक्रबार राति पक्राउ गरेको हो।
स्थानमा पार्किङ गरी राखेको बिआर०६पिए १३६२ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीको ड्यासबोर्डभित्र लुकाई राखेको उक्त पेस्तोल र तीन राउन्ड गोली फेला पारी गाडीका चालक यादवलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


