काठमाडौं – बडादसैं अन्तर्गत नवमीका दिन सोमबार काठमाडौं उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन्।
सडकमा सवारी साधान कम मात्रै चलेका छन्। स्थानीयहरू घर-घरमा दसैं मनाउन व्यस्त रहेका र काठमाडौंबाहिरबाट यहाँ पेसा-व्यवसाय गर्न आएकाहरू आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो।
घटस्थापनादेखि नै मानिसहरू काठमाडौंबाट जान थालेका थिए।
अघिल्लो शनिबारदेखि दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका थिए।
नवमीमा दिन अत्यावश्यकबाहेक सवारी साधन नचलाइने परम्पराका कारण पनि सडक खाली भएको हो।


