काठमाडौं- नेपालले यएईलाई २८१ रनको लक्ष्य दिएको छ। यू-१९ प्रिमियर कपको उपाधिका भइरहेको खेलमा नेपालले यूएईका सामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको हो।
मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो। नेपालका लागि कप्तान देव खनालको शतक प्रहार गरेका थिए। निर्धारित ५० ओभरमा नेपालले ८ विकेट गुमाएर २८० रन बनाएको हो।
नेपालले सुरुवातमा भने निकै खराब खेलेको थियो। नेपालले केवल १४ रन जोड्दा २ विकेट गुमाएको थियो। तर खनालले कप्तानी पारी खेले उनले तेस्रो विकेटका लागि अर्जुन कुमालसँग १२५ रनको साझेदारी गरेका थिए। २६औं ओभरको पाँचौं बलमा कुमाल ५५ रनमा आउट भए। त्यसपछि उत्तम थापा मगरसँग ४५ रनको साझेदारी गरेका खनालले शतक बनाए।
उनले ९० बलमा शतक पूरा गरेका थिए। उत्तमले अर्धशतक बनाए। यूएईका हरित शेट्टीले पाँच विकेट लिएका थिए।


