काठमाडौं- नेपाल र यूएईबीचको खेल वर्षाले प्रभावित भएको छ। यू-१९ प्रिमियर कपको फाइनलमा नेपाल र यूएई खेलिरहेका छन्। मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी खेल वर्षाले प्रभावित बनेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतकको सहयोगमा २८० रन बनाएको थियो। २८१ रनको लक्ष्य पछ्याएकाे यूएई इनिङ्सको २ ओभर नसकिँदै पानी परेको छ।
