काठमाडौं- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन्। चीन भ्रमणका क्रममा हृदयघात भएपछि उपचार गराएर श्रेष्ठ बुधबार नेपाल फर्किएका हुन्। उनी चीनको बेइजिङबाट छेन्दु हुँदै काठमाडौं आइपुगेका हुन्।
बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ पुगेका उनलाई हृदयाघात भएको थियो। हृदयाघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ कात्तिक ६ गते डिस्चार्ज भएका थिए।
बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा अस्पतालमा उनकाे पाँच दिनसम्म उपचार भएकाे थियो।
