काठमाडौं (एजेन्सी) – युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ।
साबिक बिजेता सिटीले समूह जी मा लगातार तेस्रो जित निकालेको हो।
सिटीले योङ्ग ब्वाइजलाई बुधबार राति ३-१ ले पराजित गरेको छ। सिटीको जितमा एर्लिंग हालान्डले दुई तथा म्यानुअल आकान्जीले एक गोल गरेका थिए।
सिटीले दोस्रो हाफको सुरुवाती समयमा अग्रता लिएको थियो। रुबेन डियासको हेडर पोस्टमा लागेर फर्किएपछि आकान्जीले बललाई जालीको दिशा दिएका थिए।
त्यसको चार मिनेट पछि योङ्ग ब्वाइजले खेलमा बराबरी गोल गरेको थियो। मेससाक एलियाले सुन्दर फिनिस गर्दै खेलमा बराबरीमा ल्याएका थिए।
त्यसपछि सिटीले दुई गोल थप्दै खेलमा तीन अंक हासिल गर्यो।
६७औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत खेलमा सिटीलाई पुनः अग्रता दिलाए। ८६औं मिनेटमा हालान्डले अर्को गोल गर्दै जित सुनिश्चित गरे।
यस्तै सोही समूहमा आरबी लाइपजिगले रेडस्टार बेलग्रेडलाई ३-१ ले हराउदै तीन अंक बटुलेको छ।
समूह जी मा शीर्ष स्थानमा रहेको सिटीको ९ अंक रहँदा ६ अंकसहित लाइपजिग दोस्रो स्थानमा छ।
बेलग्रेड र योङ्ग ब्वाइज समान १-१ अंकसहित क्रमश: दोस्रो र तेस्रो छन्।


