काठमाडौं – धान पाकेर पहेंलपुर बनेको पाल्पा माडीमा यतिबेला धान भित्र्याउने चटारो छ।
दसैंको पूर्णिमा नसकिँदै किसान धान भित्र्याउन खेतमा व्यस्त बनेका छन्।
माडी, रामपुर, कचल, पूर्वखोला, झडेवा, निस्दी, कालीगण्डकी बेंसी, अर्गलीलगायत फाँटमा धान पाकेर पहेंलपुर भइसकेको छ।











