कैलाली- कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना वृद्धा पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरीगैगा नगरपालिका-२ कटान बस्ने ७३ वर्षीया पावनीदेवी साउद छिन्। उनको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
गौरीगंगा नगरपालिका-२ झिलस्थित सडकमा भे७प ५३८१ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


