२०८३ कार्तिक २२ गते शनिवार

झाडी फाँडेर सामूहिक सुन्तला खेती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १२
default
default

म्याग्दीको रघुगङ्गा गाउँपालिका– १ कल्लेरीमा २२ वर्षअघिसम्म छ–सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो।

वि.सं. २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो। पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो।

बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजालगायतले वि.सं. २०७८ मा कल्लेरी पाखोलाई पुरानै अवस्थामा फर्काउने योजना गाउँलेलाई सुनाए। बादुकवासी र जनप्रतिनिधिलाई बाँझिएर बनेको झाडी फाँडेर खनजोत गरी सुन्तला र एभोकाडो खेती गर्ने योजना मन पर्यो।

गाउँले, प्रवासी र विवाह गरेर अन्यत्र गएका चेलीबेटीले रु. ५० हजारदेखि एक लाख सङ्कलन गरेर बादुक सामूहिक कृषि फार्म स्थापना मात्र गरेनन् झाडी फाँडेर सुन्तलाको हराभरा बगैँचा बनाएका छन्।

‘पहिरोपछि हामीले खेती गर्न छाडेर झाडीमा परिणत भएको कल्लेरीको पाखो यस्तो हराभरा सुन्तलाबारीमा रुपान्तरण गर्न सकिएला भनेर सोचेका पनि थिएनौँ’, बादुकका बासिन्दासमेत रहेका वडा सदस्य भक्तबहादुर शेरपुञ्जाले भने, ‘सबै गाउँले, विदेशी र छोरीचेली मिलेर झाडी फाँडेर सुन्तला बगैँचा बनाउन सफल भएका छौँ।’

एक सय ३० रोपनी पाखोबारीमा एक हजार पाँच सय बोट सुन्तलाका बिरुवा हुर्किरहेका छन्। सुन्तलासँगै चार सय बोट एभोकाडो लगाएकामा पहिरोले क्षति गरेर अहिले एक सय बोट मात्र छन्। पहिरोले तीन सय बोट एभोकाडोमा क्षति गरेको छ। सुन्तला बगैँचाभित्र तोरीखेती र मौरीपालन गरेका छन्।

‘पूर्व फर्किएको कल्लेरीको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त भएकाले व्यावसायिक हिसाबले सामूहिक खेती गरेका हौँ’, स्थानीय बेगबहादुर पुर्जाले भने, ‘झाडी फाँड्न, खनजोत गर्न र सुन्तला लगाउन एउटा घरले दुई महिनासम्म श्रमदान गरेका छौँ। अहिलेसम्म सोचेको भन्दा राम्रो भएको छ।’

उनका अनुसार ५५ जनाले रु एक–एक लाख र पाँच जनाले रु पचास–पचास हजार सेयर लगानी गरेका छन्। फार्म स्थापना गर्न हालसम्म करिब रु ४० लाख खर्च भएको छ। फार्म रेखदेख गर्न बादुकका नरकाजी फगामी र लोकेन्द्र गर्बुजालाई कर्मचारी राखिएको छ।

रोजगारी सिर्जना र गाउँलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक सुन्तला खेती गरेको फार्मका सञ्चालकहरूको भनाइ छ। जग्गाधनीले सुन्तलाबाट आम्दानी नहुँदासम्म जग्गाको भाडा नलिने सहमति गरेका छन्।

सुन्तला खेतीमा आवश्यक पर्ने मलका लागि तीनवटा जर्सी जातका गाई र एक साँढे पालिएको छ। गाईको दूध बेचेर एक जनाको तलब व्यवस्थापन गरिएको छ। सेयर लगानी गरेकाहरूबाट सुन्तलाले उत्पादन नदिँदासम्म वार्षिक रु दुई हजार पाँच सयका दरले नगद अथवा पाँच दिन बराबर श्रमदान गर्नुपर्ने नियम बनाएका छन्। बगैँचा गोडमेल, मलजल गर्न श्रमदान र सेयर सदस्यबाट सङ्कलन गरेको रकम परिचालन गरिएको छ। रु २० लाखको कोषबाट अर्का एक जना कर्मचारीको तलब व्यवस्थापन गरिएको छ।

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र म्याग्दीले बादुकको सामूहिक सुन्तला खेतीलाई सहयोग गरेको छ। कल्लेरीमा सिँचाइ योजना निर्माण गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए।

‘बादुकको सामूहिक सुन्तला खेती म्याग्दी जिल्लामै नमूना देखिएको छ’, उनी भन्छन्, ‘बाँझिएको जमिनलाई सदुपयोग गरी रोजगारी सिर्जना र गाउँलाई समृद्ध बनाउन बादुकवासीको अभियान अन्यका लागि पनि अनुकरणीय छ।’

  • राससबाट
प्रकाशित: २०८० कार्तिक १२ गते आईतबार ११:०७
प्रतिक्रिया

थप समाचार

भाइटीकाको उत्तम साइत सार्वजनिक, कता फर्किएर टीका लगाउने ?

काठमाडौँः भाइटीकाको उत्तम साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको यमपञ्चक (तिहार) अन्तर्गतका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको हो। समितिले...

गाउँमै सम्भव छ: झाडी फाँडेर गरेको उद्यम, बदलिएको भुवाने

तनहुँमा १२ वर्षसम्म होटल व्यवसाय गरेका रमेश कोभिड–१९ को महामारीपछि जन्मथलो फर्किए। व्यवसाय प्रभावित भएपछि  २०७७ सालमा परिवारसहित गाउँ फर्किएका रावलले सडक छेउमै रहेको पुर्ख्यौली जग्गाको...

कतार र मलेसियामा पसिना बगाएर फर्किए, लक्ष्मीमार्गको पहिचान नै बनाए ‘सकुटी बजार’

कतारमा ६ वर्ष बिताएर फर्केका प्रेम श्रेष्ठ र मलेसियामा आठ वर्ष श्रम गरेका दिलीप श्रेष्ठले देशमै सुकुटी व्यवसाय सुरु गरे। सुरुआती दिनमा महिनामा २०–३० किलो सुकुटी बेच्न धौ–धौ हुने प्रेमको पसलबाट...

जालपादेवी केबलकारले कोरिँदैछ सुदुरपश्चिमको समृद्ध आधार

सुदूरपश्चिम। माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ। नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा...

एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण, ४.१७ प्रतिशत सुधार

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सोमबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई) को नतिजामा ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड गरेका छन्। गत वर्षको...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना