काठमाडौं- ‘बाडौं खुशी चढौं सुजुकी’ योजनअन्र्तगत भक्तपुरका राजिप नागाले सुनको सिक्का जित्न सफल भएका छन् ।
भीजी अटोमोबाईल्स प्रालिले यहि कार्तिक २ गते टेकु सोरुममा गरिएको फेसबुक लाईभ मार्फत दास्रो बम्पर उपहार बिजेतामा नागा घोषित भएका थिए । भक्तपुर निवासी राजिप नागाले दोस्रो बम्पर बिजेता बनेर १० ग्राम सुनको सिक्का जित्न सफल भएका हुन ।
यो योजना लागु भए देखि १५ दिनमा नेपाल अधिराज्यभरिका खरिदकर्ताहरुलाई समाबेश गरी गरेको लक्की ड्रमार्फत नागा दोस्रो बिजेता बन्न सफल भएका छन् । उनले टेकु स्थित भि.जि. अटोमोबाईल्स प्रालिको आफ््नै सोरुमबाट एभिनिस १२५ सिसि बि एस ६ खरिद गरेका थिए ।
यो योजनाअन्र्तगत ग्राहाकहरुले प्रत्येक सुजुकी मोटरसाईकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर सँग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्रण्डका पुराना मोटरसाईकल तथा स्कुटर संग नयाँ मोटरसाईकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मुल्याङ्घन प्राप्त गर्न सक्नेछन् ।
शुन्य प्रतिशत ब्याजदरमा फाईनान्सको सुबिधाका साथै एक बर्ष रोड ट्याक्स फ्रि हुनेसमेत कम्पनीले जनाएको छ । भि.जि. अटोमोबाईल्स प्रालि सुजुकी ब्राण्डका मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता हो ।


