महोत्तरी – महोत्तरीमा स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सितामढी गाढा बेला पञ्चायतका ४० वर्षीय अरुण पञ्जियार रहेका छन्।
उनलाई जलेश्वर नगरपालिका-७ बखरी चोकबाट आइतबार दिउँसो पक्राउ गरिएको महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए।
पञ्जियार ना३ख २८७८ नम्बरको यात्रुबाहक बसमा सवार थिए। उनको साथबाट १३ लाख २० हजार रुपैयाँ फेला परेको गिरीले बताए।
उनलाई आवश्यक अनुसन्धानका लागि अहिले हिरासतमा लिइएको गिरीले बताए।


