सिन्धुली- सिन्धुलीमा तेस्रो माझी गोल्ड कप आजदेखि सुरु हुँदै छ। सिन्धुलीको मरिण गाउँपालिका-७ बाह्रबिसेको खेल मैदानमा हुने खेलको उत्घाटन खेलकुदमन्त्री डिगबहादुर लिम्बूले गर्ने तयारी छ।
आज हुने उद्घाटन खेलमा नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुली र नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति मोरिङ्गा भिड्ने भएका छन्।
खेल उत्घाटन गर्न मन्त्री आजै सिन्धुली आउने आयोजक नेपाल माझी उत्थान संघले जनाएको छ। आजदेखि आगामी कार्तिक २१ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमको सहभागिता रहेको छ।
खेलमा प्रथम हुने टिमले २ लाख ६५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार सहित सिल्डका साथै मेडल र प्रमाणपत्र पाउनेछ। दोस्रो हुने समूहले १ लाख ३२ हजार २ सय २२ रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ।
तेस्रो हुने टिमले ६६ हजार ६ सय ६६ रुपयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाण पत्र पाउने उन नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीले जानकारी दिए।


