काठमाडौँ- राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन्।
सगरमाथा आधार शिविर पुगेका उनले नेपालको हिमालय क्षेत्रमा मौसमी असरको दर्दनाक अवस्था देखेको बताएका छन्।
महासचिव गुटेरेसले, आफू सगरमाथाको आधार शिविरमा पुगेको र आफूले हिमालय क्षेत्रमा जलवायु परिर्वतनको गम्भीर असर देखेको बताएका छन्।
तापक्रम वृद्धि र हिउ पग्लिने क्रमको बढोत्तरीका कारण समग्र जीवनशैली नै चुनौतीपूर्ण बनेको उनको भनाइ छ।
हिमालय क्षेत्रमा बढ्दो तापक्रमका कारण पग्लिएको हिउँका कारण समुन्द्रमा पानीको मात्रा बढ्दै गएकोतर्फ सचेत रहनुपर्ने उनको भनाइ छ।
Today from the base of Mt. Everest, I saw for myself the terrible impact of the climate crisis on the Himalayas.
As temperatures rise, glacier melt increases – threatening the lives and livelihoods of entire communities.#ClimateAction can’t wait. pic.twitter.com/Ih12Qb8roi
— António Guterres (@antonioguterres) October 30, 2023


