काठमाडौं (एजेन्सी)- अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीले आठौंपटक बालोन डि’ओर हात पारेका छन्।
फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष विश्वको उत्कृष्ट खेलाडीलाई दिने यो अवार्ड आठौंपटक मेस्सीले जितेका हुन्।
मेस्सीले म्यानचेस्टर नर्वेका खेलाडी एर्लिङ हालान्डलाई पछि पार्दै यो अवार्ड जितेका हुन्।
मेसीले यसअगाडि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड हात पारेका थिए।
मेसीले गत साल कतारमा सम्पन्न विश्वकप फुटबलमा सात गोल गर्दै उत्कृष्ट खेलाडीको उपाधि हात पारेका थिए।
१६औं पटक मनोनयनमा परेका मेस्सीले बालोन डि’ओर अवधिभरि ३८ गोल र २५ असिस्ट गरेका थिए।
गत सिजन इंग्लिस क्लब म्यानचेस्टर सिटीमा गएका हालान्डले भने ५६ गोल गरेका थिए।
हालान्डले गर्ड मुलर ट्रफी भने जितेका छन्। उनले युइएफए उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधि जितेका थिए।
महिला खेलाडी तर्फ भने स्पेन र बार्सिलोनाकी खेलाडी आइटाना बोनमाटीले जितेको छिन्। बोनमाटीले समेत यस वर्ष नै अष्ट्रेलियान भएको विश्वकप जितेकी थिइन्।
