काठमाडौं – बिल बिजकभन्दा बढीको मेडिकल तथ खुद्रा सामग्री बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका-१३ प्रतिमा चोकबाट ना७ख ६८७५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार आइतबार राति साढे ११ बजे वीरगन्जबाट गौरतर्फ गइरहेको उक्त ट्रक नियन्त्रणमा लिइएको हो।
उक्त ट्रकमा बिल बिजकभन्दा बढी ३९ लाख ८२ हजार ६७४ रुपैयाँ बराबरको सामान थियो।
उक्त ट्रक र सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए।
