काठमाडौं- आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बहराइनले हङकङमाथि सानदार जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा १४७ रनको लक्ष्य पछ्याएको हङकङलाई ५ बल अगावै १२६ रनमा अलआउट गर्दै बहराइनले जित हात पारेको हो ।
बहराइनको जितपछि समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । पहिलो खेलमा यूएईसँग पराजित बहराइनको यो पहिलो जित हो ।
