२०८३ कार्तिक १३ गते बिहिबार

ओलम्पिक छनोटमा नेपाल र भियतनाम भिड्दै

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २२
nepal vs vietnam in olympic qualifiers

काठमाडौं – पेरिस ओलम्पिक छनोटअन्तर्गत आज नेपाली महिला फुटबल टिमले राजधानीको दशरथ रंथशालामा भियतनाम महिला टिमको सामना गर्दैछ। साँझ छ बजे सुरु हुने खेलमा नेपालले पाहुना टिमको सामना गर्न लागेको हो।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा नेपाली टिमका प्रशिक्षक अनन्तराज थापाले दोस्रो चरणमा पुग्न उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन्। उनले भने, ‘बलियो विपक्षीविरुद्ध खेल्न गइरहेका छौं। उसले त विश्वकप पनि खेल्दैछ। साथै वरियतामा पनि हामीभन्दा अघि छ।’

उनले अगाडि भने, ‘हाम्रो टिममा पनि राम्रा खेलाडीको कमी छैन। एक महिनाको तयारीले सहयोग पनि मिलेको छ। राम्रो प्रदर्शन र सुखद नतिजाको आशा छ।’ उनले यो खेलले नेपालको टेस्ट हुने पनि बताएका छन्।

भियतनामले अर्को वर्ष हुने फिफा महिला विश्वकपमा एसियाको प्रतिधिनित्व गर्नेछ। यता, ऊ फिफाको विश्व वरियताको ३३ औं स्थानमा छ। नेपाल भने वरियताको सयौं स्थानमा रहेको छ।

यसकारण भियतनामलाई मनिटर गरिरहेको छ र उसको मूख्य खेलाडीबारे हेरिरहेको पनि प्रशिक्षकले बताएका छन्। अर्को चरणमा पुग्ने लक्ष्य लिएको कारण राम्रो प्रदर्शन गर्ने अनन्तको विश्वास छ।

यि दुई टोली समूह सीमा रहेका छन्। यो समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका थिए। तर ति दुई टोलीले नाम फिर्ता लिएपछि नेपालले एकमात्र विपक्षी टिम पाएको हो।


अब यि नै दुई टिमबीच दुई खेल हुनेछ र विजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छ। नेपाली राष्ट्रिय टिमकी गोलकिपर एवम् कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले पनि जितको लक्ष्य राखेको बताएकी छन्।

उनले भनिन, ‘वरियताले त्यस्तो प्रभाव पार्दैन। हामी जितको लागि नै खेल्नेछौं। अन्तिमसम्म फाइट गर्ने हो,’ उनले भनिन्। यता पाहुना टिम भियतनामका मूख्य प्रशिक्षक माई डक चुङले घरेलु टिम राम्रो रहेको कारण खेल प्रतिस्पर्धात्मक हुने दाबी गरेका छन्।

उनले नेपालसँग पहिले नखेलेको बताउँदै अहिले खेल्न मात्र नभएर प्रतिस्पर्धा गर्न आएको कारण राम्रो खेल प्रस्तुत गर्ने बताएका छन्।

प्रकाशित: २०७९ चैत २२ गते बुधबार ११:३६
प्रतिक्रिया

थप समाचार

महिला विश्वकपमा देखिएका रोचक दृष्य [१५ तस्बिर]

काठमाडौं – फिफा महिला विश्वकपको नवौं संस्करण अष्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना भइरहेको छ। दुई देशमा आयोजना भएको महिला विश्वकपको यो नै पहिलो संस्करण हो। यसअघि कहिल्यै पनि महिला विश्वकप...

‘नेपाली टिमको साफ च्याम्पियनसिप जित्ने लक्षण हो’

काठमाडौं – नेपाली महिला फुटबल टिमले इतिहासमा पहिलो पटक गोल्ड मेडल जित्यो। तर त्यो आधिकारिक प्रतियोगितामा थिएन, केवल सिरिज मात्र थियो। बंगलादेशको ढाकामा आयोजना भएको दुई खेलको मैत्रीपूर्ण शृंखलाका...

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं – राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। बंगलादेशको राजधानी ढाकामा आयोजना भएको दुई मैत्रीपूर्ण खेलअन्तर्ग आज आईतबार यि दुई टिमले दोस्रो...

महिला फुटबलः पहिलो खेलमा नेपाल र बंगलादेशको बराबरी

काठमाडौं – बंगलादेशमा भइरहेको नेपाल र बंगलादेश सिनियर महिला मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेलेको छ। ढाकाको वीर श्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तफ कमल रंगशालामा...

‘मनोबल उच्च छ, आज जितका लागि खेल्नेछौं’

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दैछ। म्यानमारमा आयोजना भइरहेको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्न...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना