काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय ‘बिजनेश रिभ्यु मिट’ सम्पन्न गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय बिजनेश रिभ्यु मिट सम्पन्न भएको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रिरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण प्रगतिका सहयात्रिहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए ।
नेपाल लाइपÞm आफैमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको बताए । अहिलेको विषम परिस्थितिमा यस कम्पनीले जीवन बीमा बजारको २७ प्रतिशत बजार हिस्सा ओगटदै बजारको लिडरको रूपमा आफुलाई स्थापित गराउन योगदान पुर्याउनु हुने सबैको मुक्तकण्ठले प्रसंशा गरे ।
विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिँदै आजको अवस्थामाआएको यस कम्पनीले बीमाबजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताए ।


