काठमाडौँ- आईसीसी टी ट्वान्टी विश्वकपको एसिया छनोटमा ओमानसँग नेपाल पराजित भएको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमनसँग ५ रनले पराजित भएको हो।
टर हारेर ब्याटिङको निम्तो पाएको ओमनले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो।
उक्त लक्ष्य पछ्याएको नेपालले १४० रन मात्र जोड्न सकेको हो।
नेपालका विवेक यादवले ३९ रन, कुशल भुर्तेलले २६ रन, करण केसीले १५ रन, सोमपाल कामी, सन्दीप जोर र रोहित पौडेलले १२-१२ रन ल्याउँदा बाँकी खेलाडीले दोहोरो रन बटुल्न सकेनन्।
नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ। ओमान समूह विजेता बनेको छ।
यो प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। यस्तै ओमानले मलेसियालाई ३२ रन र सिंगापुरलाई २२ रनले पराजित गरेको थियो।


