काठमाडौं – सिन्धुलीमा यात्रुबाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
काठमाडौंबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ख ७१२५ नम्बरको बसले बिहीबार दिउँसो महिलालाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार मृत्यु भएकी महिलाको नाम-थर खुलेको छैन।
उक्त बसले दुधौली नगरपालिका-४ एकहटियास्थित मदन भण्डारी राजमार्गमा महिलालाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


